एजेन्सी । पाकिस्तानविरुद्धको तेस्रो एकदिवशीय खेलमा अष्ट्रेलिया विजयी भएको छ ।
बुधवार राति सम्पन्न भएको तेस्रो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८० रनले पराजित गरेको हो । यो जितसँगै अष्ट्रेलियाले ५ खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पारेको छ । २ सय ६७ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको पाकिस्तानको पारी ४४ दशमल ४ ओभरमा मात्र १ सय ८६ रनमा समेटिएको थियो ।
पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ४६ रन, इमाद वासिमले ४३ रन, उमार अकमलले ३६ रन तथा कप्तान सोयब मल्लिकले ३२ रन जोडे ।
पाकिस्तानको पारी ध्वस्त पार्ने क्रममा अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा पाट कुमिन्सले ३ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६६ रनको योगफल तयार पारेको थियो । अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ९० रन, ग्लेन म्याक्स्वेलले ७१ रन तथा पिटर ह्यान्ड्सकम्पले ४७ रन बनाए ।
पाकिस्तानका उस्मान सिनवारी, जानिद खान, यासिर साह,इमाद वासिम र हरिस सोहिलले समान एक-एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया