काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इर्मजिङ एशिया इन्स्योरेन्स अवार्ड को चौंथो संस्करणमा बेष्ट स्ट्रयाटेजिक फर इन्स्योरेन्स स्प्रेडिङ अवार्ड जितेको छ ।
नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरु मध्येबाट उत्कृष्टहरुलाई इण्डियन चेम्बर अफ कमर्सले बिगत ४ वर्ष देखी यो अवार्ड दिँदै आएको छ ।
मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो ।
भाद्र ०७, २०७४ बाट नेपाल बीमा प्राधिकरणबाट संचालनको अनुमती पाइ २०७४ साल कार्तिक ०२ गतेबाट सञ्चालनमा रहेकोे सिटिजन लाइफ इन्स्योरेन्स नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि बीमा कम्पनी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया