सडक दुर्घटनामा १८ मृत्यु

एजेन्सी । ग्वाटेमाला शहरको एक राजमार्गमा बुधवार राती भएको सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको छ । 

ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट्रकले करिब १८ व्यक्तिलाई किचेर मारेको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । सर्वसाधारण जम्मा भएका एक स्थानमा उच्च गतिमा आइरहेको एक ट्रकले किचेर ट्रक चालकले भागेका बताइएको छ । 

गाडीले नै किचेर मारिएका एक स्थानीय नेताका विषयमा चर्चा गर्दै गरेका एक समूहमाथि ट्रकको लाइट पनि नबालिकन आएको एक ट्रक चालकले सर्वसाधारणलाई किचेर भागेका बताइएको छ । स्थानीय नेता र सर्वसाधारणलाई किचेर मार्ने दुबै चालक भागेका र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

करिब ६८ जनसङ्ख्या रहेका यस शहरमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन् । 

त्यस दुर्घटनामा करिब १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेहरुलाई स्थानीय अस्पताल पु¥याइएको बताइएको छ । 

दुर्घटनापछि ट्रक चालक फरार रहेको जनाइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनका कारण नै सो दुर्घटना हुन पुगेको बताएको छ । 

मध्य अमेरिकी देश ग्वाटेमालामा यस्ता दर्घटनाहरु सामान्यजस्तै भएका छन् । सवारी चालकहरुले ट्राफिक नियमको उल्लङ्घन गर्ने गरेका छन् । 

यहाँका सार्वजनिक सवारी चालकहरुले पनि ट्राफिक नियम उल्लङ्घन गरी दुर्घटना गराउने र भाग्ने गरेका हुन्छन् । पछिल्ला समयमा उक्त देशमा सडक दुर्घटनाहरु यही कारणले पनि बढ्ने गरेको बताइन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?