एजेन्सी । अष्ट्रेलियाकी आस्ली बार्टी जारी मायामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
बिहीवार राति सम्पन्न भएको महिला एकलतर्फको सेमिफाइनल खेलमा बार्टीले इस्टोनियाकी अनेट कोन्टाभेटलाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी हुन् । बार्टीले कोन्टाभेटलाई ६-३ र ६-४ को सोझो सेटमा हराउँदै अन्तिम दुईको यात्रा तय गरेकी हुन् ।
वर्षातले खेल अबरुद्ध भएपछि यी दुई खेलाडीबीचको खेल सकिन करिब पाँच घण्टा समय लागेको थियो । बार्टी आफ्नो खेल जीवनमा पहिलो पटक यो प्रतियोगिताको फाइनलमा पुगेकी हुन् । २२ वर्षिया बार्टीले गत वर्षमात्र महिला डबल्सतर्फ यो प्रतियोगिताको उपाधि जितेकी थिइन् ।
जीतपछि खुशी हुँदै बार्टीले भनिन्, ‘यो धेरै लामो दिन थियो, मलाई थाँहा छ कि हामीहरु वर्षा रोकिने पर्खाइमा थियौं, तर, त्यतिबेला हामीले कफि पियौं र गल्फ पनि हेर्ने मौका पायो ।’
अब बार्टीले उपाधिका लागि सिमोना हालेप र क्यारोलिना पिल्सकोभाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया