एजेन्सी । अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।
उनले बिहीवार राति सक्रिय खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् । इंग्लिस क्लब चेल्सीका स्ट्राइकर हिगुइनले कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने बताएका हुन् ।
३१ वर्षे हिगुइनले अब क्लब खेलमा मात्र केन्द्रित रहने पनि बताए । उनले भने, ‘मैले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिएको छु, अबको समय म परिवारसँग बिताउन चाहन्छु, साथै क्लब खेललाई अलि फोकस गर्नेछु ।’
यसै सिजन इटालियन क्लब युभेन्ट्सबाट चेल्सीमा आवद्ध भएका उनले अर्जेन्टिनाबाट ७५ खेल खेल्दै ३१ गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया