एपीएफलाई राष्ट्रिय खुल्ला भलिबलको उपाधि

काठमाडौं । ‘एपीएफ’ क्लबले सातौं संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रवार भएको फाइलन खेलमा एपिएफ क्लबले न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

एपीएफले यू डायमण्डलाई २५–१२, २५–११ र २५–११ को हरायो । यो उपाधिसँगै एपीएफ क्लबले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता बनेको न्यू डायमण्डले १ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?