एजेन्सी । इटालियन लिग सिरी ‘ए’ फुटबलमा युभेन्ट्स विजयी भएको छ ।
आफ्नो घरेलु मैदानमा शनिवार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई १-० गोल अन्तरले हराउँदै साँघुरो जीत निकालेको हो । पोर्चुगिस स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएको युभेन्ट्सले इम्पोलीविरुद्ध कठिन जीत हात पारेको हो ।
युभेन्ट्सका लागि मोइस किनले खेलको ७२ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो । जितपछि युभेन्ट्सले जारी लिगमा १८ अंकको अग्रता लिएको छ ।
युभेन्ट्सले २९ खेलबाट ७८ अंक बनाएको छ । त्यस्तै ६० अंकका साथ नपोली लिगको दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया