नेपाली महिला टिम ओलम्पिक छनोटको दोस्रो चरण खेल्न म्यानमार प्रस्थान

काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टोलीको आइतवार बिदाई गरिएको छ । 

नेपाली खेलाडीसहितको टोली आइतवार नै म्यानमार प्रस्थान गरेको छ । खेलाडीसहितको टोलीलाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले आइतवार बिदाई गरेको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार खेलाडीहरुले आइतवार दिउँसो ३ बजे प्रस्थान गर्ने जानकारी दिए । उनले भने, ‘महिला खेलाडीहरुले छनोटमा खेलमा इतिहास रच्नेमा आशावादी छुँ ।’ 

यसअघि नेपालले ओलम्पिक छनोटको पहिलो खोलमा भारत र म्यानमारसँग एक-एक गोलको बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यस्तै दोस्रो चरणको खेलमा भने नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालले भारत, म्यानमार र इन्डोनेशियासँग खेल्ने खेल तालिका रहेको छ । नेपालले आफ्नो पहिलो खेल अप्रिल ३ मा आयोजक म्यानमारको, अप्रिल ६ तारिखमा भारत र अन्तिम खेलमा अप्रिल ९ तारिखमा इन्डोनेशियासँग खेल्नेछ । 

समुहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ । म्यानमार प्रस्थान गर्ने खेलाडीहरुमा गोलकिपर एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, मन माया लिम्वु, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना रहेका छन् ।

त्यस्तै मिडफिल्डरमा  अनिता बस्नेत, दिपा राई, सर्मिला थापा, सुरु लिम्बु, मन्जली योञ्जन, रेनुका नगरकोटी, अनिता केसी तथा स्ट्राइकरमा सावित्रा भण्डारी ‘साम्बा’, रेखा पौडेल र कप्तान निरु थापा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?