एजेन्सी । स्विट्जरल्याण्डका रोजर फेडेररले मायामी ओपन टेनिसको उपाधि जितेका छन् ।
आइतवार राति सम्पन्न भएको पुरुष एकलतर्फको फाइनलमा खेलमा फेडेररले घरेलु खेलाडी जोन इस्नरलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् । उनले इस्नरलाई ६-१ र ६-४ को सेटमा हराएका थिए ।
३७ वर्षे फेडेररले इस्नरमाथि खेलको पहिलो सेट २४ मिनेट भित्र आफ्नो पक्षमा पारे । चौथो पटक यो प्रतियोगिताको उपाधि जितेका फेडेरर र इस्नरबीचको खेल एक घण्टा ३ मिनेट चलेको थियो ।
२८ औँ मास्टर्स टेनिसको उपाधि जितेका फेडेररले उपाधि जित्दा निक्कै खुशी लागेको प्रतिक्रिया दिए ।
उनले भने, ‘म अहिले धेरै खुसी छु, यो अविश्वसनीय जीत हो, मैले पहिलो पटक सन् १९९९ मा पहिलो पटक यो प्रतियोगिता खेलेको थिए, आज सन् २०१९ मा पनि यो खेल खेलिरहेको छुँ ।’
फेडेररले अहिलेसम्म २० वटा ग्राण्डस्लाम टेनिसको उपाधि पनि जितिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया