एजेन्सी । फ्रान्सेली लिग वान फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ले संघर्षपूर्ण जीत निकालेको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा पीएसजीले टोउलोसेलाई १-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जीत दिलाउन केलियन एमबाप्पेले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
उनले खेलको ७४ औा मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
निर्धारित समयसम्म टोउलोसेले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा १-० को हार बेहो-र्यो । जीतपछि पीएसजीले जारी लिगमा २० अंकको अग्रता लिएको छ । पीएसजीसले ८० अंक बनाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको लिलीको ६० अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया