यस्तो कारण देखाउँदै बन्द गर्‍यो फेसबुकले कङ्ग्रेसका छ सय पेज

काठमाडौं । फेसबुकले भारतको प्रमुख विपक्षी दल कङ्ग्रेस पार्टीसँग सम्बन्ध भएका छ सयवटा भन्दा बढी पेज हटाइएको छ ।

फेसबुकको साइबर सेक्युरिटि पोलिसीका प्रमुख नथेनिएल ग्लेचरले एउटा बक्तव्य जारी गर्दै भनेका छन्स् “यो गतिविधि पछाडिका मानिसहरूले आफ्नो परिचय लुकाउने प्रयास गरेपनि हामीले गरेको समीक्षाले तिनीहरू भारतीय राष्ट्रिय कङ्ग्रेसको आइटी एकाईका व्यक्तिहरू भएको थाहा भयो।”

फेकन्यूज भनिने मिथ्या समाचार फैलिनबाट रोक्न सरकारहरूले थप कदम चाल्नु पर्छ भनि फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले आह्वान गरेका एकदिन पछि यस्तो कदम चालिएको जनाइएको छ । 

उक्त सामाजिक सञ्जालले फेकन्यूजको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्ने देखाउन पनि सो कदम चलाइएको हुन सक्ने अनुमान पनि गरिएको छ । 

आगामी ११ एप्रिलदेखि भारतमा आमनिर्वाचनमा मतदान आरम्भ हुँदैछ। अर्को सत्ताधारी भारतीय जनता पार्टी बीजेपी इन्टरनेटको सामाजिक सञ्जालको कुशल सञ्चालनमा बढी पोख्त ठानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?