एजेन्सी । अर्ध–नग्न प्रदर्शनकारीहरुले सोमबार ब्रिटिस तल्लो सदन(हाउस अफ कमन) अवरुद्ध गर्ने प्रयास गरे ।
सो समय सदनमा ब्रेक्जिटसम्बन्धमा वहस चलिरहको थियो । प्रदर्शनकारीहरुले
सर्वसाधरण ग्यालरीको सिसाबाट २० मिनेटसम्म तल च्याम्बरमा आफ्नो नितम्ब देखाएका थिए । माथि ग्यालरीमा अहिंसात्मक प्रदर्शन चलिरहदाँ तल च्याम्बरमा सांसदहरुले वहस जारी राख्ने प्रयास गरेका थिए ।
‘एक्जिस्टेन्सियल रिवेलियन’ नामको समूहका ११ अभियानकर्मीहरुले उक्त विरोध प्रर्दशन गरेका थिए । प्रदर्शनकारीहरुले आफ्नो छातिमा ‘सबैको लागि जीवन’ र ‘एसओएस’ जस्ता नाराहरु लेखेका थिए । समुहले जलवायु परिवर्तन मुद्धा ब्रेक्जिट वहसमा प्रमुखजस्तै मुद्धा हुनुपर्ने भए पनि हालसम्म छलफलमै नआएको भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया