नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा, कप्तानीको जिम्मेवारी रोहितलाई

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । 

मलेसियामा आयोजना हुने उक्त प्रतियोगिताको लागि मंगलवार मुख्य प्रशिक्षक बिनोद दासले १४ सदस्सीय टोलीको घोषणा गरेको हो । प्रतियोगितामा रोहित पौडेललाई कप्तानीको जिम्मेवारी दिएका छन् । पौडेलले पहिलो पटक नेपाली टोलीको कप्तानी सम्हाल्दै छन् । 

भारत भ्रमणमा रहेको १८ सदस्सीय टोलीबाट प्रशिक्षक दासले ४ वैकल्पिकसहित नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा ‘कप्तान’ रोहित कुमार पौडेल, पवन सर्राफ, सन्दीप जोरा, आसिफ शेख, भिम सार्की, कमल सिंह ऐरी, राशिद खान, रित गौतम, सागर ढकाल र अभिषेक बस्नेत रहेका छन् ।

त्यस्तै अन्य खेलाडीहरुमा कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सुर्य तामाङ छन् । यता वैकल्पिक खेलाडीमा  आकाश चन्द, रभी कुमार साह, लोकेश बम र शेर मल्ल रहेका छन् । 

वैदेशिक प्रशिक्षणका लागि अहिले नेपाली टोलीले भारतको आन्ध्र  प्रदेश भ्रमणमा छ ।  यसअघि नेपालले आन्ध्र  प्रदेशको यू-१९ टोलीसँग ६ अभ्यास खेल खेलेको थियो । यहि अप्रिल दोस्रो साताबाट शुरु हुने छनोटमा नेपालसहित मलेसिया, सिंगापुर, संयुक्त अरब इमिरेट्स ‘युएई’, कुवेत र ओमन रहेका छन् ।

विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?