काठमाडौं । ओलम्पिक छनोट फुटबलमा नेपाल ३–१ ले पराजित भएको छ । समुहको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको हो ।
पहिलो हाफमा १–१ को बराबरी खेलेको नेपाल दोस्रो हाफपछि विङ थिङ विङले दुई गोल गरेकी हुन् । म्यानमारका लागि ७ नम्बर खेलाडी विङले ४८ औं मिनेटमा टोलीको अग्रता २–१ मा पुर्याएकी हुन् ।
उनले इन्जुरी समयमा अर्को गोल गर्दै टोलीको जित ३–१ ले सुनिश्चित गरिन् । नेपालले पाएका सुन्दर अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो । नेपालकी साबित्रा भण्डारीले ५४ औं मिनेटमा गरेको प्रहार बाहिरिएको थियो । लगत्तै उनले पाएको अवसर म्यानमारकी गोलकिपरले रोकन सफल भइन् ।
मन्डलार थिरी रंगशालामा नेपालले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउँदै पुनरागमनको प्रयास गरेको थियो ।
नेपालकी कप्तान निरु थापाले २२ औं मिनेटमा म्यानमारले लिएको अग्रता अन्तिम समयमा बराबरी गरेकी थिइन् । पहिलो हाफमा पनि नेपालले गोलका अवसर खेल फालेको थियो ।
समुह ए को पहिलो खेलमा पराजित भएको नेपालले अब शनिबार भारतसंग खेल्नेछ । साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया