काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगितामा हुने भएको छ ।
प्रतियोगिता सञ्चालको लागि अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले आज ‘शुक्रवार’ समितिको गठन गरेको छ । एन्फाले प्रवक्ता किरण राईको संयोजकत्वमा प्रतियोगिता सञ्चालन समितिको गठन गरेको हो । सञ्चालन समितिको सचिवमा बसन्त अर्याल रहेका छन् ।
समितिको सदस्यमा निरोज खडगी, भगिरथ आले, दिपेन्द्र धिमाल, केशब कार्की, दिपक राई, दिलिप राई, सन्तोष बानिया, रन्जन कार्की, गोभिन्द राई, सुजन नेम्बाङ भरत घिमिरे, प्रविन सुवाल, महेश श्रेष्ठ, बाल कुमार सवा र ध्रुब बिक्रम राई रहेका छन् ।
एन्फाले गठन गरेको समितिले प्रतियोगिताको ढाँचा, आयोजना स्थल, प्रतियोगिताको मिति लगायतका कार्यहरु गर्नेछन् । संयोजक राईले लिगमा प्रदेश १ को १४ जिल्लाले प्रतिस्पर्धा गर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया