भाजपाले दावी गरेजस्तै बढारिएला काँग्रेस ?

नयाँदिल्ली–भारतीय जनता पार्टी (भाजपा)का नेता तथा आसाम सरकारका मन्त्री हिमान्तविश्व शर्माले उत्तरपूर्वका कम्तीमा १९ सिटमा आफ्नो पार्टीले जित्ने दावी गरेका छन् ।

उत्तर पूर्वमा रहेका लोक सभाका २५ सिट मध्ये कम्तीमा १९ र बढीमा २१ सिटमा भाजपाले जित्ने उनले दावी गरे ।  
 
यस क्षेत्रका काँग्रेस बढारीने उनको भनाई छ । काँग्रेसको विचारधारा यस क्षेत्रका जनताले पुरै अस्विकृत गरेकाले काँग्रेसले हार्ने उनको तर्क छ ।  
प्रधानमन्त्री नरन्द्र मोदी फेरी भारतको प्रधानमन्त्री हुने दावी गर्दै उनले जनताले त्यही नै चाहेको बताए ।

उनले मोदीलाई लामो समय प्रधानमन्त्री देख्न चाहेको दावी पनि गरे । त्यसका लागि यस क्षेत्रको कुल २५ मध्ये १९ देखि २१ सिटमा भाजपा विजयी हुने मन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?