काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत एशिया छनोट खेल्ने नेपाली खेलाडीसहितको टोलीलाई शनिवार बिदाई गरिएको छ ।
मलेसियामा आयोजना हुने छनोट खेल खेल्नका लागि १४ सदस्सीय खेलाडीसहितको टोली शनिवार त्यसतर्फ प्रस्थान गरेको हो । खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषदुका सदस्यसचिव केशव कुमार विष्ट र राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटाले विदाई गरेका थिए ।
छनोटमा नेपालले रोहित पौडेलको कप्तानीमा प्रतिस्पर्धा गर्ने छन् । यहि अप्रिल १० देखि २० सम्म हुने एशिया छनोटमा नेपालसहित ६ टोलीले सहभागी छन् ।
छनोट प्रतियोगितामा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
त्यस्तै नेपालले आफ्नो समूहको पहिलो खेलमा सिंगापुरको सामना गर्नेछ । नेपाल र सिंगापुरबीचको खेल अप्रील १२ तारिखमा हुनेछ ।
त्यस्तै दोस्रो खेलमा नेपालले युएईसँग अप्रील १३ मा खेल्नेछ । नेपालले तेस्रो खेल मलेसियासँग अप्रील १५ मा, अप्रील १६ मा ओमानसँग तथा अन्तिम खेल अप्रील १८ मा कुवेतविरुद्ध भिड्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया