काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
यस अन्र्तगत हेटौंडाको भुङग्रो थकालीको फुड एण्ड बेभरेजमा १० प्रतिशत, काडमाडौंको न्युरोडस्थित एन्जल ज्वेर्लस प्रालीमा सुनका गहना बनाउने कार्यमा ४० प्रतिशत, भैरहवाको गाउँले चुलो खाना र खाजामा १० प्रतिशत, महराजगञ्जको अग्लिअस डायगोनोस्टिकको सबै प्रकारको ल्याव टेस्टमा १५ प्रतिशत, हेटौंडाको पल्पसा प्याराडाईज होमको फुड एण्ड बेभरेजमा १० प्रतिशत र रुमा १५ प्रतिशत, सुन्धाराको एक्सप्रेस म्याग्दी होटलको सबै सेवामा १० प्रतिशत, हेटौंडाको क्वीक ट्वान्टी होटलको फुड एण्ड बेभरेजमा १० प्रतिशत र कोठामा १५ प्रतिशत र हेटौंडा कै हिमालयन स्वीट एण्ड बेकरीमा पनि केही प्रतिशत छुटको व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी पनि बैंकले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया