रोमाञ्चक बन्दै उपाधि होड

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत लिभरपुल पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

शनिवार राति सम्पन्न भएको ३७ औँ चरणको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुल शीर्ष स्थानमा उक्लिएसँगै लिगको उपाधि होडमा थप रोमाञ्चकता थपिएको छ ।

लिभपुलको जीतमा खेलको १३ औँ मिनेटमा भर्जिल भान डिजिकले, २८ औँ मिनेटमा मोहम्मद सलाह र ८६ औँ मिनेटमा भिभोक ओरिजीले समान एक-एक गोल गरेका थिए । यता न्युक्यासलका लागि २० औँ मिनेटमा अत्सु र ५४ औँ मिनेटमा सलोमन रोन्डोनले एक-एक गोल गरे ।

यो जितपछि लिभरपुलले ९४ अंक बनाएको छ । लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ९२ अंक छ । अब लिग च्याम्पियन टोलीको टुङगो भने अन्तिम खेलले तय गर्नेछ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको तेस्रो स्थानमा रहेको टोट्नह्याम बर्नेमाउथसँग १-० गोल अन्तरले पराजित भयो । बर्नेमाउथका लागि नाथन एकेले खेलको इन्जुरी समयमा गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । 

दुई खेलाडी रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि टोट्नह्याम ९ खेलाडीमा सिमित भएको थियो । खेलको ४३ औँ मिनेटमा सन ह्युङ मिन र ४८ औँ मिनेटमा जुवान फोथले रातो कार्ड खाएका थिए । हारसँगै टोट्नह्यामको ३७ खेलबाट ७० अंक छ ।

यता ४५ अंक जोडेको बर्नेमाउथ १२ औँ स्थानमा उक्लिएको छ । शनिवार राति नै भएका अन्य खेलहरुमा उल्भ्सले फुलह्यामलाई १-० गोल अन्तरले, क्रिस्टल प्यालेसले कार्डिफ सिटलिाई ३-२ गोल अन्तरले, तथा वेस्टह्यामले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?