आयोजक ठमेल डोजो च्याम्पियन

काठमाडौं । आयोजक नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोले पाँचौं अन्तर्राष्ट्रिय जुनियर कराँते प्रतियोगिताको उपाधि जितेको छ । 

ठमेलले ८ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्यो । लैनचौरस्थित राष्ट्रिय टेबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा भारत दोश्रो तथा भक्तपुर डोजो तेश्रो भए । पुरुषमा अभिषेक तामाङ तथा महिलामा सम्पदा बाँस्टोला उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता ८ वर्षीय आर्यन रन्जितलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?