काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा चौथो इन्डो–नेपाल मुवाँथाइ प्रतियोगिता आज ‘आइतवार’देखि शुरु हुँदैछ ।
प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा हुँदैछ । प्रतियोगितामा नेपालबाट २५ तथा भारतबाट २० गरी ४५ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
एक दिने प्रतियोगितामा १५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया