दोस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तान इंग्ल्याण्डसँग पराजित

एजेन्सी । इंग्ल्याण्डविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तान पराजित भएको छ । 

शनिवार राति सम्पन्न भएको खेलमा पाकिस्तान इंग्ल्याण्डसँग १२ रनले पराजित भएको हो । ३ सय ७४ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको पाकिस्तानको पारी ७ विकेटको क्षतीमा मात्र ३ सय ६१ रनमा समेटिएको थियो ।

पाकिस्तानको लागि फरक जमानले शतकिय पारी खेले । उनले १ सय ३८ रन बनाए । त्यस्तै बाबर आजम र असिफ अलीले समान अर्धशतकीय इनिङ्स खेले । कप्तान सर्फराज अहमदले ४१ तथा इमाम उल हले ३५ रन जोडे ।

यता इंग्ल्याण्डका लागि डेभिड विली र लिम प्लङकटले समान २-२ विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा ३ विकेट गुमाएर ३ सय ७४ रनको योगफल तयार पारेको थियो । इंग्ल्याण्डका लागि जोस वटलरले अविजित १ सय १० रन, जासन रोयले ८७ रन, इयान मोर्गनले ७१ रन, जोनी बेयरस्टोले ५१ तथा जोए रुटले ४० रन जोडे । 

पाकिस्तानमा साहिन शाह अफ्रिदी, हसन अली र यासिर शाहले समान एक-एक विकेट लिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?