एजेन्सी । अन्तर्राष्ट्रिय फरवार्ड इडेन हजार्डले इंग्लिस क्लब चेल्सी छाड्न सक्ने बताएका छन् ।
उनले स्पेनिस क्लब रियल म्याड्रिडको लागि चेल्सी छाड्न लागेको बताइएको छ । चेल्सी र रियल म्याड्रिडबीच केही समययता हजार्डलाई लिने विषयमा छलफल भइरहेको छ । तर, चेल्सीले हजार्डलाई नयाँ सम्झौता गर्न तयार रहेको पनि बताइएको छ । हजार्डको चेल्सीसँग सन् २०२० सम्म मात्र सम्झौता रहेको छ ।
चेल्सीले हजार्डका लागि १ सय ३० मिलियन युरोको माग गरिरहेको छ । हजार्डले यस सिजनको प्रिमियर लिगमा १६ गोल गरेका छन् भने १५ गोल असिस्ट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया