एजेन्सी । इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्ट्स पराजित भएको छ ।
घरेलु मैदानमा आइतवार राति सम्पन्न भएको खेल युभेन्ट्स रोमासँग २–० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । तर, दोस्रो हाफमा थप सुधारिएको खेल खेलेको रोमाले खेलको ७९ औँ मिनेटमा गोल ग-यो ।
रोमाका लागि फ्लोरन्जीले गोल गर्दै क्लबलार्य शुरुवाती अग्रता दिलाए । त्यस्तै खेल सकिनै लाग्दा डेज्कोले गोल गरे ।
नयाँ जर्सीसहित मैदान उत्रिएका युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सहितका टिमले गोल गर्न भने सकेन । लिगको उपाधि जितिसकेको युभेन्ट्सले यो हारसँगै ३६ खेलबाट ८९ अंक बनाएको छ ।
यता जितपछि रोमा भने ६१ अंकका साथ लिगको छैटाँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया