एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ ।
आइतवार राति भएको खेलमा रियल म्याड्रिड रियल सोसिडाडसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यो हारसँगै रियल म्याड्रिड अन्तिम अवे खेलमा पराजित भएको हो । खेल शुरु भएको ४ मिनेट पनि बित्न नपाउँदै रियलका लागि ब्राहिम डियाजले पहिलो गोल गरे ।
त्यस्तै खेलको २६ औँ मिनेटमा रियलका मिकेल मिरिनोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको ३९ औँ मिनेटमा जेसस भालिजो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।
सोसिडाटका लागि जोसेबा जल्डुआले ५७ औँ मिनेट गोल गरे । ६७ औँ मिनेटमा एन्डर ब्रेरेनेटेक्सले गोल गर्दै सोसिडाडको जित पक्का गरे । उक्त हार सँगै म्याड्रिडको दोस्रो स्थानमा लिग अन्त्य गर्ने सम्भावना सकिएको छ ।
सोसिडाडले सातौ स्थानमा रहदै लिगको अन्त्य गर्ने संकेत गरेको छ । रियल म्याड्रिडले ३७ खेलबाट ६८ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया