सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण हाम्रो दायित्व हो : सभापति देउवा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण सबैको दायित्व भएको बताएका छन् ।

सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देशमार्फत् सभापति देउवाले ल्होसार जस्ता पर्व र सम्पूर्ण सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि जीवन्त बनाइ राख्नु सबै नेपालीको दायित्व हुने बताएका हुन् ।

उनले मुख्यतः हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व नेपालको महत्वपूर्ण सांस्कृतिक पर्व रहेको बताएका छन् ।

‘विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरु छन् । तिनलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको छ,’ सभापति देउवाले भनेका छन् ।

लोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्दै सभापति देउवाले एकअर्काको भाषा संस्कृति र परम्पराको सम्मान र संरक्षण गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?