बलात्कार मुद्दामा सन्दीपलाई बढी सजाय हुनुपर्ने माग गर्दै उच्च अदालतमा सरकारी वकिल

लोकपथ
1.3k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारी वकिलको कार्यालयले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।

जिल्ला अदालत काठमाडौंले कम सजाय तोकेको भन्दै लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलको कार्यालयले पनि उच्च अदालतमा पुनरावेदन निवेदन दिएको हो ।

काठमाडौं जिल्ला अदालतले गत पुष १३ गते फैसला सुनाउँदै क्रिकेटर लामिछानेले गौशाला २६ माथि बलात्कार गरेको ठहर गरेको थियो ।

गत पुस २५ मा बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

क्रिकेटर लामिछानेले पनि यसअघि नै जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?