सिरी ‘ए’को अन्तिम खेलमा युभेन्ट्सले एटलान्टासँग बराबरी खेल्यो

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत युभेन्ट्सले एटलान्टासँग बराबरी खेलेको छ । 

आफ्नो घरेलु मैदानमा आइतवार राति सम्पन्न भएको लिगको अन्तिम खेलमा युभेन्ट्सले एटलान्टासँग एक-एक गोलको बराबरी खेलेको हो । प्रशिक्षक मासिमिलियानो एलेग्रीले यसै सिजनबाट क्लब छाड्न लागेका छन् ।

युभेन्ट्सका लागि मारियो मान्डाजुकीले बराबरी गोल गरेका थिए । उनले खेलको ८० औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा फेड्रिको बर्नार्डेस्की रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमित भएको थियो ।

यता एटलान्टाका लासग खेलको ३३ औँ मिनेटमा जोसिप इलिसीको गोल गरे । लिग च्याम्पियन बनेको युभेन्ट्सले ९० अंक बनाएको छ । यता तेस्रो स्थानमा रहेको एटलान्टाले ६६ अंक जोडेको छ । उक्त खेलपछि युभेन्ट्सलाई ट्रफी प्रदान गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?