संसद्‌को गतिरोध हटाउन छलफलमा सभामुख

लोकपथ
35
Shares

काठमाडौं । संसद्‌को गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल थालेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख र कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका मुख्य/प्रमुख सचेतक र सचेतकसँगको छलफल जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌को गतिरोध हटाउन प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग परामर्श गरेकै दिन सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका छन् ।

छलफल संसदको गतिरोध हटाउने, सरकारको नीति तथा कार्यक्रम प्रस्तुति लगायतका विषयमा केन्द्रित रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?