काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि गृहमन्त्री लामिछानेले पनि मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
मंगलबार सार्वजनिक विवरण अनुसार उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग बुढानिलकण्ठ नगरपालिका–८ मा ५ आना जग्गा रहेको उल्लेख गरिएको छ। जुन उनकी श्रीमती निकिता पौडेलको नाममा रहेको देखाइएको छ।
त्यस्तै गृहमन्त्री लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ। यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ। काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा सगोलमा १० रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
त्यस्तै गृहमन्त्री लामिछानेसँग करिब ८० तोला सुन र चाँदीका भाडाकुँडा २० केजीसम्म रहेको रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
सम्पत्ति विवरण अनुसार लामिछानेसँग ग्लोबल आइएमई बैंक र नेपाल बैंक लिमिटेडमा गरी एक लाख १० हजार रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया