काठमाडौं । गणडकी प्रदेशको मुख्मयन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा परेको छ ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा बहस नसकिएपछि न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
गण्डकी प्रदेशका कुल ६० जना प्रदेश सभा सदस्य भए पनि ३० जनालाई देखाएर बहुमत दाबी गर्नु संविधानको उल्लङ्घन हुने पाण्डेले दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया