काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक जेठ १५ गते मंगलबार सम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा प्रतिपक्षी दलहरुको विरोधको बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको थियो ।
बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा नाराबाजी गरेको थियो तर सभामुखले त्यसमाथि छलफलका लागि एक घण्टाको समय निर्धारण गरिएको जानकारी गराएका छन् ।
प्रतिपक्षी दलहरुको नाराबाजीका बिच नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भएको थियो ।प्रतिपक्षी दलहरु भने वेल घेरेर नाराबाजी गरिरहेका थिए ।
यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेका थिए । तर, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया