काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ ।
मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको भन्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो गत मंगलबारदेखि सुनुवाइ सुरु भएको हो।
यसअघि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त रिटको सुनुवाइ आज सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा भइरहेको छ।
उक्त रिटमा मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया