पोखरा । गण्डकीमा नयाँ मुख्यमन्त्रीका रुपमा कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज बुधबार शपथ लिँदैछन् । सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई सोमबार ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
परमादेश अनुसार उनले आजै साँझसम्म मुख्यमन्त्रीको शपथ लिनुपर्नेछ । तर शपथको समय भने टुंगो लागिसकेको छैन । त्यसो त उनले हिजै शपथ लिने समाचार सार्वजनिक भएको थियो ।
तर हिजो गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण प्रदेश प्रमुख कार्यालयमा सर्वोच्च अदालतको पत्र नपुगेको बताइएको छ । यो समाचार लेख्दासम्म सर्वाेच्चको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छैन ।
‘माथिबाट पत्र आएको छैन । पत्र आएपछि तयारी हुन्छ,’ प्रवक्ता चण्डी अर्यालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया