काठमाडौं । आइसिसी टी-२० विश्वकप खेलेर नेपाली टोली दुई समूह गरेर स्वदेश फर्किएको छ । एउटा समूह राति १ बजे र अर्को समुह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
विजिनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो । अमेरिका र वेस्ट इन्डिजमा जारी टी -२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो।
नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालक हुन सकेन । बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो। नेपाल इतिहासमा नै दोस्रो पटक टी -२० विश्वकपमा सहभागी बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया