काठमाडौं । केलियन एम्बाप्पेले आफ्नो पूर्व क्लब पीएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन्।
मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफूले पाउनुपर्ने पारिश्रमिक र बोनस गरि कुल १०७ मिलियन डलर नपाएको भन्दै पीएसजीलाई कानुनी नोटिस पठाएका हुन्।
फ्रि-ट्रान्सफरमा रियल म्याड्रिड पुगेका एम्बाप्पेले पाउने यो रकमको विषयमा क्लबसँग विवाद रहेको थियो। एम्बाप्पे र क्लबबीच गत वर्ष फ्रिट्रान्सफरमा क्लब छोडेमा उनले केही पारिश्रमिक र बोनस रकम छोड्ने सहमति भएको बताइएको छ।
तर एम्बाप्पेले अहिले भने सो रकम आफूले पाउनुपर्ने दाबी गरेको फ्रेन्च मिडिया आउटलेट एल इक्विपले उल्लेख गरेको छ। यस अघि एम्बाप्पे र पीएसजीले यो विवाद आपसी समझदारीमा मिलाउने सहमति भएको बताइए पनि अहिलेसम्म नमिलेको देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया