काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीनजना प्रक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शमसेर विक, गुल्मी सत्यवति गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् ।
प्रहरीले उनीहरुलाई करिब ५२ ग्राम तौल बराबरको बाला २ थान, औठी १ थान र चन्द्र बिन्दु १ थानसहित बिहीबार बिहान पक्राउ गरेको हो ।
हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९–९ हजार रूपैयाँ दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त सुन साहेवले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रूपमा संकलन गरी लैजान लागेको प्रहरीले जनाएको छ ।
प्रक्राउ पश्चात उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया