राँझा । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए ।
उनका अनुसार एक वर्षको अवधिमा गोहोरो पाँच, अजिङ्गर १३, बाँदर तीन, मगर गोही एक, जरायो एक, चित्तल आठ, निर बिरालो तीन, डगर गिद्ध एक र निलगाई एक उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालयले अघिल्लो आव वर्ष २०७९/८० भन्दा आव २०८०/८१ मा ५७ बढी वन्यजन्तुको उद्धार गरेको छ । आव २०७९/८० मा ४२ वन्यजन्तुको उद्धार भएको थियो । यसैगरी आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वन्यजन्तुको उद्धार भएको सूचना अधिकारी रोकाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया