काठमाडौं । नेपाल, भारत र बंगलादेशबीच हुने भनिएको विद्युत व्यापार सम्झौता अनिश्चित भएको छ । बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक आन्दोलन नरोकिएपछि सम्झौता तत्कालका लागि रोकिने भएको हो ।
नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार नेपालले प्रत्येक वर्षको ५ महिना जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म बिजुली निर्यात गर्ने सम्झौता गर्ने तयारी गरेको थियो ।
तीन देशको मन्त्रीको उपस्थितीमा नेपाल विद्युत प्राधिकरण, एनभीभीएन भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौता गर्ने तयारी थियो । यो सम्झौतापछि नेपालबाट बंगलादेश बिजुली लैजाने बाटो खुल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया