धारिलो हतियार देखाई लुटपाटमा संलग्न व्यक्ति पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । धारिलो हतियार (खुकुरी) देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा मकवानपुर पदमपोखरी घर भएका ५२ वर्षीय धन बहादुर स्याङ्ताङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

नागर्जुन नगरपालिका–७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा ३ जना अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई लुटपाट गरी फरार रहेको भन्ने सूचना प्राप्त भएको थियो ।

साेही सूचना अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजी तथा अनुसन्धान गर्ने क्रममा लुटपाट गर्ने समूहका नाइके धनबहादुरलाई शनिबार पक्राउ गरेको हो ।

साथै उनको साथबाट सुनको औठी ४ थान, सुनको सिक्री १ थान, सुनको लकेट १ थान,सुनको ब्रासलेट २ थान, कानमा लगाउने सुनको रिङ २ थान, सुनको सिक्रीको टुक्रा १ थान, चाँदीको ब्रासलेट १ थान, खुकुरी २ थान र नगद १३ हजार ४ सय रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?