टिम्मुर खेती : न बाँदरले खाने डर, न बिग्रिएला भन्ने पिर

लोकपथ
910
Shares

रामेछाप । तपाईंको जमिनमा बाँदरले दुःख दिएर खेती नै लगाउन छाड्नु भएको छ ? अथवा काम गर्ने मान्छे नभएर जमिन त्यतिकै बँझिएको छ ?

अब चिन्ता नगर्नुस्, बाँझो जमिनमा टिम्मुर खेती लगाउनुस्, मनग्य आम्दानी लिनुस् । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला भन्ने डर । जति उब्जाए पनि बिक्री हुन्छ, स्वदेशमा बिक्री नभए विदेशमा हुन्छ, त्यो पनि राम्रो मूल्यमा ।

काम गर्ने मानिस नहुँदा पहाडका जमिनहरू दिनदिनै बाझिँदै छन् । त्यस्तो जमिनमा एक पटक लगाएपछि वर्षैँसम्म आम्दानी लिन सकिने बिरुवा टिम्मुर लगाउने हो भने निरन्तर आम्दानी हुन सक्छ ।

यस्तै एक पटक लगाएपछि निरन्तर आम्दानी हुने र बाँदर लगायतका जङ्गली जनावरले पनि दुःख नदिने नगदे बालीको रूपमा टिम्मुर खेती देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?