काठमाडौं । वीरगञ्ज महानरपालीकाले तीन उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ ।
नगर प्रहरीसहितको टोलीले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगहरुलाई कारबाहीस्वरुप उद्योगको मुख्य द्वारमा फोहोर थुपारिदिएको हो ।
महानगरले यस अघि सिर्सिया नदीमा फोहोरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आइरहेको थियो ।
महानगरले गत वैशाख ९ गते नदीमा फोहोरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहोरमैला व्यवस्थित नगरे कारबाहि गर्ने चेतावती समेत दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया