काठमाडौं । छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔाषधसहित ५ जना पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–१६ यादव टोल बस्ने ४३ वर्षीया भोलिमाया यादवलाई अवैध लागुऔषध गाँजा १ किलो ८० ग्राम र नगद २ लाख ४१ हजार ५ सय रूपैयाँसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको सयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट अवैध लागुऔषध चरेश १० किलो २ सय ५० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम रामग्राम नगरपालिका–८ बस्ने ४३ वर्षीय अनिल भर चौधरी र पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ सथवल बस्ने २७ वर्षीय हरी गौरब रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ५८३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।
साथै झापाको शिवसताक्षी नगरपालिका–८ रत्न चोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्साको ठोरी गाउँपालिका–२ सुन्दरबस्ती बस्ने ३० वर्षीया अनिता गुरोलाई अवैध लागुऔषध गाँजा करिब ५० किलोग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार अनिताको श्रीमान नन्दु गुरोको प्रहरीले खोजी गररहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया