कञ्चनपुरमा महिला मारेको बाघको बासस्थान अब रम्भापुर पोस्टको खोर

लोकपथ
322
Shares
फाइल तस्बिर

बर्दिया । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ बाट नियन्त्रणमा लिइएको पाटेबाघलाई बाघलाई बर्दिया ल्याइएको छ ।

स्थानीय २६ वर्षीया हीरादेवी शाहको बिहीवार ज्यान लिएपछि सो बाघलाई ड्रोनको सहायताले शुक्रबार पत्ता लगाइ लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिइएको थियो । सो बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ ।

नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नंग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताए । घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जंगल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा ६ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ तीनवटा बाघ बिरामी छन् । आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो उनको छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?