टिपरको ठक्करबाट चालकको मृत्यु, घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध

लोकपथ
490
Shares

काठमाडौं । दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् ।

मृतकका आफन्तहरुले टिपर चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आज बिहान देखि नै सडक अवरुद्ध गरेका हुन् ।

उक्त दुर्घटनाबाट गम्भीर घाइते भएका घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?