जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
56
Shares

काठमाडौं । बारामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका–६ मदरसा टोल बस्ने २७ वर्षीय ईम्तियाज अंसारीलाई अस्थायी प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको हो ।

जिल्ला अदालत बाराबाट जबरजस्ती करणी मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद सजाय ठहर भई अंसारी फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पश्चात अंसारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा पेस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?