काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर तुम्वेवा गाउँपालिका–५ घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका–४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राई रहेका छन् ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं कोटेश्वर पेरिसडाँडाबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ पश्चालाई उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया