काठमाडौं ।आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने कैलाली गोदावरी नगरपालिका–२ घर भएकी २७ वर्षीया दीपा चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
दीपाले १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया