रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईशनाथ नगरपालिका-९ बस्ने नेराज आलमकी छोरी ६ वर्षीया सबा खातुनको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो ।
आफ्नै धारामा पानी लिन जाँदा धारामा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया