काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गरेका छन् ।
बाइडेनले युक्रेनका लागि सैन्य सहायताको घोषणा गर्दा आफूलाई गर्व लागेको विज्ञप्तिमार्फत जनाएको छ ।
सहयोगमा युक्रेनको महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल समावेश छन् । अमेरिकाले रूसको विकसित रणनीति विरुद्ध रक्षा गर्न ‘काउन्टर–ड्रोन’ उपकरण र ‘एन्टी–आर्मरु’ मिसाइल, युक्रेनी सैनिकको प्रतिरक्षाका लागि गोला बारुद लगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ ।
बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताको साथमा रहेको उल्लेख गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया